काठमाडौँ । बागमती प्रदेश सरकारले ११ जिल्लाका प्रादेशिक अस्पतालका अध्यक्ष नियुक्त गरेको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयले गत मङ्सिर २७, पुस ७ र ९ गतेको मन्त्रीस्तरीय निर्णय गर्दै ११ जिल्लाको प्रादेशिक अस्पतालको अध्यक्ष नियुक्त गरेको हो ।
मन्त्रालयका सूचना अधिकारी डा.रविन भुसालका अनुसार हेटौँडा अस्पताल र सिन्धुली अस्पतालको अध्यक्ष बाहेक सबै जिल्लाका प्रादेशिक अस्पतालको अध्यक्ष नियुक्त गरेको हो । हेटौँडा अस्पतालको अस्पताल सञ्चालन तथा व्यवस्थापनको अध्यक्ष मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार हुने कानुनी व्यवस्था रहेकाले निर्णय नभएको उनले बताए । सिन्धुली अस्पतालमा विशेष कारणले अध्यक्ष नियुक्त नगरिएको उनको भनाई छ ।
मन्त्रालयले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ (पहिलो संशोधन) को दफा २६ (ख) उपदफा २ को काम, कर्तव्य र अधिकार बमोजिमको कार्यसम्पादन गर्नगरी अध्यक्ष नियुक्त गरेको हो । ऐनको दफा २६ (क) को उपदफा (९) बमोजिमको पदावधि कायम हुनेगरी दफा २६ (क) उपदफा (२) बमोजिम अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्ष नियुक्त गरिएको हो ।
मन्त्रीस्तरिय निर्णयअनुसार भक्तपुर अस्पतालको अध्यक्षमा सुर्यविनायक–१, शशीजंग थापालाई नियुक्त गरिएको छ । उनी बागमती प्रदेशसभाका पूर्व सांसदसमेत हुन् । मन्त्रीस्तरीय निर्णयअनुसार पशुपति चौलागाई स्मृति अस्पताल दोलखाको अध्यक्षमा भीमेश्वर–१ का सुवास रिमाल, त्रिशूली अस्पतालको अध्यक्षमा विदुर–१० का उपेन्द्र बुढाथोकी, बकुलहर रत्ननगर अस्पतालको अध्यक्षमा रत्ननगर–२ चितवनका गोपाल कर्माचार्य, चौतारा अस्पतालको अध्यक्षमा चौतारा साँगाचोकगढी–११ का केशवराज गिरीलाई नियुक्त गरिएको छ ।
त्यस्तै रसुवा अस्पतालको अध्यक्षमा गोसाईंकुण्ड–६ का विवश श्रेष्ठ, मेथिनकोट अस्पताल काभ्रेको अध्यक्षमा नमोबुद्ध–७ का विष्णुप्रसाद खनाल, वज्रवाराही चापागाउँ अस्पताल ललितपुरको अध्यक्षमा गोदावरी–११ का रामहरि घिमिरे, टोखा चण्डेश्वरी अस्पताल काठमाडौँको अध्यक्षमा काठमाडौँ–१८ का प्रकाश खड्गी, रामेछाप अस्पतालको अध्यक्षमा रामेछाप–६ का यमकुमार पाख्रिन र धादिङ अस्पतालको अध्यक्षमा गल्छी–५ की राधिका सापकोटालाई नियुक्त गरेको छ ।
मन्त्रीस्तरिय निर्णयअनुसार नुवाकोटको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको अध्यक्षमा शिवकुमार चित्रकारलाई नियुक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ पुस २०८१, १३ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशमा तीन दिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने
यातायात क्षेत्र सुधार्न बागमती प्रदेशको निर्देशन: ६ महिनाभित्र थप ट्रायल सेन्टर खोल्न निर्देशन
बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व संकलन
प्रधानमन्त्री बालेन शाहद्वारा बागमती प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
बागमती प्रदेश सरकारले समायोजन गर्यो गाडी भाडा
बागमती प्रदेश उपसभापति हुमागाईंदारा रास्वपा परित्याग गरेको घोषणा