काठमाडौँ । काठमाडौँ चोभारस्थित सुक्खा बन्दरगाहबाट ४७ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यस अवधिमा निर्यात भने शून्य रहेको भन्सार विभागले जनाएको छ ।
भन्सार विभागका अनुसार मंसिरसम्म ६ खर्ब ६१ अर्ब रुपैयाँ बराबर वस्तु आयात भएको थियो । जसमध्ये चोभार सुक्खा बन्दरगाहबाट भएको आयात हिस्सा ०.०७ प्रतिशत हो । हालै सरकारले यो बन्दरगाहमा चिनियाँ नाकाबाट समेत सामान ल्याउन पाउने गरी खुला गरेको छ । यससँगै यो बन्दरगाहमा चहलपहल बढ्ने देखिएको छ ।
विभागका अनुसार २८ भन्दा बढी भन्सार बिन्दुबाट वैदेशिक व्यापार भएको छ । यसमध्ये सबैभन्दा धेरै व्यापार वीरगञ्ज भन्सारबाट भएको छ । यस भन्सार बिन्दुबाट २ खर्ब १८ अर्ब रुपैयाँ बराबर वस्तु आयात भएको छ । जुन कुल आयातको ३३ प्रतिशत हो ।
यस भन्सार बिन्दुबाट १९ अर्ब २५ करोड रुपैयाँ बराबर वस्तु निर्यात भएको छ । जुन कुल निर्यातको २६.१५ प्रतिशत हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० पुस २०८१, १५ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चाँदी आयातमा भारतको कडाइ, उच्च शुद्धतायुक्त सिल्भर ‘रिस्ट्रिक्टेड’ सूचीमा
निर्वाचन अवधिलाई लक्षित गर्दै एलपी ग्यास आयात बढाइयो, एकै दिन १३८ बुलेट भित्रियो
पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात
काँकरभिट्टबाट चार अर्ब ४८ करोडको पेट्रोलियम पदार्थ आयात
वीरगञ्ज नाका हुँदै २६ अर्बको पेट्रोलियम पदार्थ आयात
वीरगञ्ज नाकाबाट हुने आयात र निर्यात दुवै बढ्यो