काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकारले संविधान संशोधन गर्न आवश्यक गृहकार्य अघि बढाइसकेको बताएका छन् । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको नवौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले सबै दलहरुसँग सहमति जुटाएर समयसापेक्ष रुपमा संविधान संशोधन गर्ने बताए ।
उनले संविधान संशोधनको लागि आवश्यक गृहकार्य गर्न कांग्रेस र एमालेले केही दिनमा बेग्लै कार्यदल बनाउन लागेको बताए । उनले थपे, ‘हामी छलफल गरेर विषयहरुको पहिचान गर्छौं । त्यसपछि हामीले चरणबद्ध रुपमा सबै राजनीतिक दलहरुसँग वार्ता र संवाद गर्छौं । त्यसपछि विषयवस्तुमा सहमति गरेर संशोधन हुन्छ । समय लाग्छ अहिले नै हुने कुरा होइन ।’
उनले संविधान संशोधन गर्ने भनेको समावेशितालाई कमजोर गर्न नभई थप सुदृढ बनाउन गर्न लागेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ पुस २०८१, १३ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री सुधन गुरुङले गरे रास्वपा महाधिवेशनस्थलको निरीक्षण
दरबार हत्याकाण्डको पुनः छानबिन गर्ने कसरी ?
गृहमन्त्री गुरुङले दिए राजीनामा
गृहमन्त्री गुरुङको आर्थिक कारोबारका श्रृंखलाबद्ध खुलासा
विशेष छलफलमा गृहमन्त्री गुरुङ
गृहमन्त्रीबारे रास्वपा केन्द्रीय समिति बैठकमा छलफल नै भएन