काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङबाट रमाउने समूहले लोडसेडिङको हल्ला फैलाएको बताएका छन् ।
नेपाल पूर्वाधार पत्रकार संघको वार्षिक साधारणसभामा बोल्दै उनले प्राविधिक कारणले केही दिनका लागि पिक समयमा लोड व्यवस्थापन गर्दा लोडसेडिङको हल्ला फैलाइएको बताए ।
अहिले अपर तामाकोशी क्षतिग्रस्त भएर मर्मत भइरहेको र कालीगण्डकी समेत नियमित मर्मतका कारण उत्पादन रोकिएका कारण लोड व्यवस्थापन गर्न पिक समयको २/३ घण्टा उद्योग नचलाइदिनुस् भनेको बताए । तर, यही कारणले एक हप्तामै सिमेन्टको १०० रुपैयाँ बढाइएको भन्दै यो गलत भएको बताए ।
उनले उद्योगीले सामान्य समयमा पनि दैनिक १६/१७ घण्टा भन्दा बढी उद्योग नचल्ने गरेको बताउँदै २/३ घण्टा बिजुली नपाउँदा समस्या हुने अवस्था नरहेको बताए ।
उनले अबको १० दिनभित्र अपर तामाकोशी आउने र कालीगण्डकी पनिछिटै सञ्चालनमा आउने भएकोले अहिलेको समस्या लोडसेडिङ नभएर व्यवस्थापनको अल्पकालीन समस्या मात्रै भएको बताए ।
घिसिङले उद्योगीहरुले पहिले लोडसेडिङ हुँदा पनि डिजेलबाट उद्योग नचलाएको भन्दै त्यो समयको बिजुलीको पैसा तिर्न पर्दैन ? भन्दै प्रश्न समेत गरे ।
घिसिङले अहिले सरकार धेरै लगानी गर्नसक्ने अवस्थामा नरहेको र बजेट दिइएका आयोजनामा समेत भुक्तानीको समस्या रहेको भन्दै आयोजनाको प्राथमिकीकरण गर्नुपर्नेमा विशेष जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ पुस २०८१, ११ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुलमान घिसिङ ग्लोबल हिरो अवार्डबाट सम्मानित
ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई न्युयोर्कमा ‘ग्लोबल हिरो अवार्ड’
स्वदेश फर्किए कुलमान घिसिङ, नयाँ पार्टी खोल्ने की पूरानै पार्टीबाट राजनीति गर्नेबारे अझै अनिर्णित
बहराइनमा कुलमान घिसिङलाई नागरिक अभिनन्दन
सरसफाईसम्बन्धी सचेतना घरघरमा फैलाउनुपर्छः कुलमान घिसिङ
हरेक वर्ष १० हजार मेगावाट विद्युत् निर्यात गरी वार्षिक ७ खर्ब रुपैयाँ आम्दानी गर्न सकिन्छ: कुलमान घिसिङ