काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै समय सकिएपछि कमिलाको पनि पखेटा पलाउने टिप्पणी गरेका छन् ।
एमालेका अध्यक्ष समेत रहेका ओलीले नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्ड र रविको सरकारले जथाभाबी बोल्न र गर्न थालेपछि काँग्रेससँग मिलेको सुनाए ।
उनले भने, ‘मुद्दा मामिला गरेर फसाउने कुरा पहिले महेन्द्रको पालामा अराष्ट्रिय तत्व मात्रै भनेर आरोप लगाउँथे, पछि त अनेक खालको आरोप लगाउने, भ्रष्टाचारी भनेर आरोप लगाउने, अस्ति प्रचण्ड–रविको सरकार हुँदा पनि त्यस्तै कुरा उनीहरूले दोहोर्याउन खोजे, यिनीहरुले् जथाभाबी बोल्न र गर्न थाले, अस्थिरता, अन्योल र भ्रष्टाचार देशमा सीमा रहेन, जनताले एमाले र कांग्रेसजस्तो पार्टी हुँदा हुँदै यो कसको के नाच हुन् यी ? काँग्रेस र एमाले ट्वाँ परेर हेरिरहेको छ । अरु धुमाधाम नाचिरहेका छन् । त्यसैले यो सच्याउनुपर्छ भनेर मिलेका हौँ ।’
उनले झिंगाको सरापले डिंगा, गाईभैंसी, पशु केही पनि नगर्ने बताए । उनले थपे, ‘केहीले अहिले सरापेको सरापेकै छन् । सरकार ढलिजाओस् भनेर । तर झिंगाको सरापले डिंगा मर्दैन, गाईभैंसी, पशु केही पनि मर्दैनन् । समय सकियो भने कमिलाको पनि पखेटा पलाउँछ । कमिलाले पखेटा पलाएपछि उड्न त उड्छ तर माथि पुगेपछि चराले क्वाप्प पारेर खाइदिन्छ । यिनीहरूलाई पनि त्यस्तै भएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०३ पुस २०८१, १९ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति