मुगु। मुगुको दलित बस्तीका नागरिक र विद्यार्थीलाई चिसो छल्न न्यानो कपडा वितरण गरिएको छ । काठमाडौंको नागार्जुन नगरपालिका–१० साविकको स्युचाटारका समाजसेवी शिवकुमार पन्तको सहयोगमा र मुगुमा क्रियाशील सञ्चारकर्मी नन्दबहादुर रोकायाको समन्वयमा कार्मारोङ गाउँपालिकाका–९ नेपाल राष्ट्रिय आधारभूत विद्यालय छायल र छायानाथ रारा नगरपालिका–१३ लापु गाउँका दलित समुदायसँगै उक्त गाउँमा रहेको नमूना आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा तथा स्टेशनरी सामग्री सहयोग गरिएको हो ।
पन्तले मङ्गलबार मुगुम कार्माराङ–९ नेपाल राष्ट्रिय आधारभूत विद्यालय छायलमा पुगी १२८ विद्यार्थीलाई न्यानो कपडा वितरणसँगै छायानाथ रारा–१३ लापु दलित बस्ती र लापुमै रहेको नमूना आधारभूत विद्यालयमा अध्ययनरत ३० विद्यार्थीलाई न्यानो कपडा सहयोग प्रदान गरेका हुन् ।
लापु गाउँको दलित बस्ती अवस्था र चिसोबाट मुगुका विद्यार्थीमा पठनपाठनमा समस्या भएको विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि आफूलगायत वैदेशिक रोजगारीमा रहेका केही साथीको सहयोगमा विपन्न, दलित समुदाय र उनीहरुका विद्यालय जाने बालबालिकालाई न्यानो कपडा तथा स्टेशनरी सामग्री सहयोग गरेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ पुस २०८१, १४ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देवघाटस्थित गुरुकूल शिक्षामा विद्यार्थीको आकर्षण
सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन
विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन
दलीय विद्यार्थी संगठन हटाउने सरकारको घोषणा, स्नातकसम्म अध्ययन गर्न नागरिकता नचाहिने
कक्षा ५ सम्मका विद्यार्थीको आन्तरिक परीक्षा बन्द गर्ने सरकारको घोषणा
ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा