काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले मंगलबार म्याद थपका लागि अदालतमा उपस्थित गराउने भएको छ ।
लामिछानेलाई हिरासतमा राख्न पछिल्लो पटक लिएको ५ दिनको म्याद सोमबार सकिसँगै मंगलबार फेरि कास्की अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
अभियोजन नगर्दासम्म हिरासतमा राख्न म्याद लिनुपर्ने भएकाले अदालतमा उपस्थित गराउन लागिएको प्रहरीको भनाइ छ ।
सम्पत्ति शुद्धीकरण मुद्दामा ९० दिन अनुसन्धान गर्न पाउने समय हुनाले पुस ५ मा उनीविरुद्ध अभियोग पत्र दायर गरिँदै छ । प्रहरीले अनुसन्धान प्रतिवेदन भने तयार गरेर सरकारी वकिलको कार्यालयलाई हस्तान्तरण गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ पुस २०८१, ०८ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा सुरक्षा व्यवस्थामा कडाइ
बजेटमा अदालतको अवहेलनासम्बन्धी रिटको पेसी आज
रवीन्द्र मिश्रसहितका आरोपितलाई पुनः म्याद थप गर्न अदालत लगियो
अमेरिकी अदालतद्वारा एक विद्यार्थीलाई देश निकाला
प्रधानन्यायाधीश राउतद्वारा उपभोक्ता अदालतको उद्घाटन
गणेश थापाद्वारा एन्फा महासचिव राईविरुद्ध मुद्दा दायर