झापा । झापामा गएराति मोटरसाइकल दुर्घटना हुँदा दुई युवतीसहित तीन जनाको मृत्यु भएको छ।
दुई छुट्टाछुट्टै स्थानमा भएका मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। दुर्घटनामा दुईजना घाइते भएका छन्।
दमक नगरपालिका-१० को सेतुमारी चोकबाट प्रदेश न १-०१-०१५ प १७९३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।
सो दुर्घटनामा मोटरसाइकल चालक मोरङको रतुवामाई नगरपालिका-८ घर भएका २७ वर्षीय बिराज थापा, मोटरसाइकलको पछाडि सवार झापाको गौरादह नगरपालिका- ५ कि ३२ वर्षीया जमुना धिमाल र सोही ठाउँ बस्ने २५ वर्षीया मनचरी भनिने ओमकुमारी राई घाइते भएका थिए।
दमक अस्पतालमा उपचारको क्रममा दुवै महिलाको मृत्यु भएको प्रहरीले जनाएकोछ। दुर्घटनामा मोटरसाइकल चालक थापा पनि गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको छ।
त्यसैगरी पूर्वपश्चिम राजमार्गअन्तर्गत शिवसताक्षीमा ट्याक्टरको पछाडि मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ।
शिवसताक्षी नगरपालिका-१० किरात चोकस्थि पूर्वपश्चिम राजमार्गमा रोकेर राखेको को २ त ४१४५ नम्बरको ट्रयाक्टरको पछाडि मे ९ प ६२४ नम्बरको मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालक झापाकै मेचीनगर नगरपालिका -५ का ४२ वर्षीय सन्तोषकुमार लिम्बूको मृत्यु भएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ पुस २०८१, ०८ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
मोटरसाइकल दुर्घटना स्थलमा युवकको शव फेला
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते