काठमाडौं । संघीय संसद अन्तर्गतका दुईवटा समितिको बैठक आज बस्दैछ । आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्या तथा समाधानका उपायहरु सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, आज विधायन व्यवस्थापन समितिको बैठक पनि बस्दैछ । बैठक दिउँसो १ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने तय भएको छ । बैठकमा नेपाल कानून व्यवसायी परिषद(दोस्रो संशोधन) विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल गर्ने तयारी छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ पुस २०८१, ०८ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभाको बैठक जारी
देउवाले आफू निकट शीर्ष नेताको बैठक बोलाए
निर्वाचन आयोगको बैठक बस्दै
काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी
सञ्चारमन्त्रीले बोलाए बैठक, फेसबुकलगायत समाजिक सञ्जाल बन्दको गराउँलान् निर्णय ?
नेपाल र भियतनामका उपराष्ट्रपतिबीचको द्विपक्षीय बैठक