काठमाडौं । विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३९ रन बनाएको हो ।
विराटनगरका लागि यसै खेलबाट एनपीएलमा डेब्यु गरेका नेदरल्याण्ड्सका कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ४५ रन बनाए । उनले ३५ बल खेल्दै ५ चौका प्रहार गरे । ओपनर लोकेश बमले २६ र निकोलस किर्टोनले १९ रन जोडे ।
बसिर अहमदले २० बल खेल्दै १ छक्का मदतमा अविजित २१ रन बनाए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ मंसिर २०८१, ११ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीविरुद्ध पहिला ब्याटिङ गर्दै काठमान्डु
कर्णाली याक्सविरूद्ध टस जितेर पहिले फिल्डिङ गर्दै जनकपुर बोल्ट्स
काठमाडौँविरुद्ध पहिला बलिङ गर्दै पोखरा