नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिका–१ स्थित भाल्चेबेँसीमा ट्रिपरले ठक्कर दिँदा एक पैदलयात्रीको निधन भएको छ ।
ट्रिपरको ठक्करबाट किस्पाङ–४ साल्मे निवासी टासी घलेको निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।
उनका अनुसार सडक स्तरोन्नतिका लागि निर्माण सामग्री बोकेको टिपरको ठक्करले ४८ वर्षीय घलेको घटनास्थलमै निधन भएको हो ।
ठक्कर दिने बागमती प्रदेश ३–०१–००३ क ७१८७ नं को टिपरमा स्थानीयले क्षति पुर्याएका छन् । घटनापश्चात् चालक फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
घटनाका विषयमा स्थानीयले दोषी चालकलाई पक्राउ गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन दबाब दिँदै शव उठाउन अवरोध पुर्याएका थिए ।
पीडितको मागअनुसार दोषीलाई कारबाही र क्षतिपूर्तिका लागि कानुनअनुसार अघि बढ्ने सहमतिपश्चात् साँझ ८ बजे शव परीक्षणका लागि त्रिशूली अस्पताल पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ मंसिर २०८१, ०९ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
जुम्लाबाट हवाई उद्धार गरिएकी सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु
सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु