काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता लिग चरणका खेलहरू अन्तिम चरणमा पुगेका छन् । यही मंसिर १५ देखि शुरू भएको एनपीएलमा बुधबारको खेल सकिएपछि लिग चरणमा ९ वटा खेल मात्र बाँकी रहेनछन् ।
प्रतियोगिता क्वालिफायरतर्फ अघि बढ्दै गर्दा निकै रोचक र रोमाञ्चक भइरहेको छ । शुरूमा कमजोर देखिएका टिम फर्मका फर्किँदैछन् । एनपीएलको रोमाञ्चकता बढ्दै गर्दा त्रिवि क्रिकेट मैदानमा हरेक दिनजसो फ्रेन्चाइज टोलीका समर्थकहरू पुग्ने गरेका छन् ।
आफ्नो मन परेको टिमको समर्थनका लागि क्रिकेटप्रेमीहरू कीर्तिपुर पुग्ने गरेका हुन् ।उनीहरूले खेलाडीहरूलाई हौसला प्रदान गरिरहेका छन् । शनिबार वा सार्वजनिक विदाको दिन त दर्शकको भीड थामिनसक्नु हुन्छ ।
बुधबार भएको लिग चरणको पहिलो खेलमा अपराजित टोली जनकपुर बोल्ट्समाथि सुदूरपश्चिम रोयल्सले शानदार जीत निकाल्यो । १२४ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुरलाई सुदूरपश्चिमले ७२ रनले पराजित गर्यो । सुदूरपश्चिमका बलरसामु टिक्न नसकेको जनकपुर १२.१ ओभरमा ५१ रनमा अलआउट भयो ।
जसै सुदूरपश्चिमले शानदार जीत निकाल्यो उसका समर्थकहरूले त्रिवि क्रिकेट मैदानको दर्शकदीर्घामा सुदूरपश्चिमको संस्कृति बोकेको देउडा खेले । देउडामा रमाए । उनीहरूले सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी लगायत खेलाडीहरूको नाम उच्चारण गर्दै देउडा खेले । जसले माहोललाई थप रोमाञ्चक बनायो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ मंसिर २०८१, १४ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीविरुद्ध पहिला ब्याटिङ गर्दै काठमान्डु
कर्णाली याक्सविरूद्ध टस जितेर पहिले फिल्डिङ गर्दै जनकपुर बोल्ट्स
काठमाडौँविरुद्ध पहिला बलिङ गर्दै पोखरा