काठमाडौं । नेपाल प्रिमियर लिगमा काठमान्डु गुर्खाजले लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ । काठमान्डुका कप्तान करण केसीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् । दुवै टोलीका लागि आजको खेल महत्वपूर्ण छ । काठमान्डु पाँच दिनको ब्रेकपछि पहिलो खेल खेल्दैछ । तीन खेलमा एक जितबाट काठमान्डुको २ अंक छ ।
पाँच खेल खेलिसकेको लुम्बिनीले जम्मा एक खेल जितेर २ अंक जोडेको छ । लगातार खेलिरहेको लुम्बिनी आज पराजित भएमा लिग चरणबाटै बाहिरिनेछ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ मंसिर २०८१, १३ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीविरुद्ध पहिला ब्याटिङ गर्दै काठमान्डु
कर्णाली याक्सविरूद्ध टस जितेर पहिले फिल्डिङ गर्दै जनकपुर बोल्ट्स
काठमाडौँविरुद्ध पहिला बलिङ गर्दै पोखरा