वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगीको अभियोगमा हिरासतमा लिएर अनुसन्धान भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरातर्फ पठाएको छ ।
निजसँगको बयान पूरा भएपछि उक्त कार्यालयले विमानबाट कास्की पठाउने क्रममा हाल उनी सिमरा विमानस्थलमा रहेको जनाइएको छ । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख भोलानाथ निरौलासहितको टोलीले निजसँग बयान लिएको थियो । पर्सा जिल्ला प्रहरी कार्यालयका प्रमुख किशोर लम्सालले अभियुक्त लामिछानेलाई सिमराबाट काठमाडौँ हुँदै कास्की पुर्याइने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ मंसिर २०८१, ११ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछानेको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्च अदालतमा रिट
रवि लामिछानेको सहकारी ठगी प्रकरणमा वैशाख १४ गते अर्को पेशी तोकियो
रविविरुद्धको आरोप पत्र संशोधन स्वीकृति दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट
रवि लामिछाने भैरहवाबाट रिहा
रवि लामिछाने चितवनबाट भैरहवा प्रस्थान
भरतपुरसम्म जहाजमा त्यसपछि गाडीमा रुपन्देही जाँदै रवि