काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले समयमा नै प्रतिनिधिसभाको अधिवेशन आह्वान नगरे विशेष अधिवेशनको माग गर्ने बताएका छन् ।
राष्ट्रिय कर्मचारी महासङ्घको १८ औँ स्थापना दिवसका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रचण्डले सरकारले तत्काल प्रतिनिधिसभाको अधिवेशन आह्वान नगर्ने सूचना आफूले पाएको भन्दै समयमा नै अधिवेशन आह्वान नभए विशेष अधिवेशनको माग गर्ने बताएका हुन् । उनले जरुरी परे संसद्को विशेष अधिवेशनबाट संघर्षको घोषणा गर्ने र सडकमा लाखौँ जनतासँग मिलेर प्रतिक्रियावादीबिरुद्ध लड्ने चेतावनी पनि दिए ।
सुशासनलाई उच्च प्राथमिकता दिएर भ्रष्टाचारमा संलग्न जोकोहीलाई कारबाही गर्ने प्रक्रियाको थालनी गरेकै कारण आफू नेतृत्वको सरकारलाई हटाइएको उनको भनाई थियो। प्रचण्डले अहिले सरकारमा रहेका दलका नेताहरूको हातमा राजनीति नरहेको र उनीहरूको राजनीति बिचौलिया र दलालहरूको हातमा छ भन्ने प्रस्टै देखिएको आरोप लगाए ।
बिचौलियाहरूले घुमाएर अहिलेको सरकारमा रहेका नेताहरूलाई रातारात उठबस गराएको उनले बताए । उनले बिचौलियाहरूले सङ्ख्याको तागत देखाएको भन्दै आफूहरूले जनताको तागत देखाउने उल्लेख गरे ।
प्रचण्डले माओवादीको सकारात्मक पहल र ज्ञानेन्द्र शाहको नकारात्मक क्रियाकलापले मुलुकमा गणतन्त्र सम्भव भएको धारणा पनि राखे । त्यस्तै उनले अहिलेको शासकीय स्वरूप र निर्वाचन प्रणाली देशका लागि हितकर नभएकाले परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ मंसिर २०८१, १६ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विवेक पुर्याएरै सत्तारुढ दलसँग समझदारी गरेका हौं : प्रचण्ड
प्रचण्ड र पूर्णबहादुरबीच छलफल जारी
भूकम्प प्रभावितको पुनर्स्थापना गर्न सरकारलाई आग्रह गर्छु : प्रचण्ड
प्रचण्ड र देउवाबिच टेलिफोन कुराकानी
प्रचण्ड र सुदूरपश्चिम संसदीय दलका नेताहरूबिचको छलफल स्थगित
छिट्टै ठूलो आन्दोलन हुँदै छ, तयार रहनूः प्रचण्ड