काठमाडौं। सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशीलाई पर्सा लगिएको छ । पर्साको सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा अनुसन्धान गर्न जोशीलाई पर्सा लगिएको हो ।
उनलाई आइतबार राति कास्कीबाट गाडीमा पर्सा लगिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका एसएसपी कुमोद ढुंगेलले सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा अनुसन्धान गर्न जोशीलाई पर्सा ल्याएइएको बताए । उनलाई सोमबार बिहान पर्सा पुर्याइएको उनले बताए ।
प्रहरीका अनुसार उनलाई जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिएपछि पुनः पोखरा फर्काइने छ । सहकारीकै रकम अपचलनमा पक्राउ परेका मिडियाकै तत्कालीन प्रबन्धकसमेत रहेका रास्वपा सभापति रवि लामिछानेलाई पनि पोखराबाट पर्सा लैजाने तयारी छ । लामिछानेविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ ।
रविलाई यसअघि रुपन्देही, काठमाडौं र चितवन लगेर बयान लिसकेको छ । लामिछानेविरुद्ध आइतबार मात्रै ४ दिन म्याद थप भएको थियो । प्रहरीले भने १३ दिनको म्याद माग गरेको थियो । लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ मंसिर २०८१, १० : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछानेको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्च अदालतमा रिट
रवि लामिछानेको सहकारी ठगी प्रकरणमा वैशाख १४ गते अर्को पेशी तोकियो
रविविरुद्धको आरोप पत्र संशोधन स्वीकृति दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट
रवि लामिछाने भैरहवाबाट रिहा
रवि लामिछाने चितवनबाट भैरहवा प्रस्थान
भरतपुरसम्म जहाजमा त्यसपछि गाडीमा रुपन्देही जाँदै रवि