काठमाडौं। सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशीलाई पर्सा लगिएको छ । पर्साको सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा अनुसन्धान गर्न जोशीलाई पर्सा लगिएको हो ।
उनलाई आइतबार राति कास्कीबाट गाडीमा पर्सा लगिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका एसएसपी कुमोद ढुंगेलले सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा अनुसन्धान गर्न जोशीलाई पर्सा ल्याएइएको बताए । उनलाई सोमबार बिहान पर्सा पुर्याइएको उनले बताए ।
प्रहरीका अनुसार उनलाई जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिएपछि पुनः पोखरा फर्काइने छ । सहकारीकै रकम अपचलनमा पक्राउ परेका मिडियाकै तत्कालीन प्रबन्धकसमेत रहेका रास्वपा सभापति रवि लामिछानेलाई पनि पोखराबाट पर्सा लैजाने तयारी छ । लामिछानेविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ ।
रविलाई यसअघि रुपन्देही, काठमाडौं र चितवन लगेर बयान लिसकेको छ । लामिछानेविरुद्ध आइतबार मात्रै ४ दिन म्याद थप भएको थियो । प्रहरीले भने १३ दिनको म्याद माग गरेको थियो । लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ मंसिर २०८१, १० : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछानेलाई नख्खु कारागार पुर्याइयो
नख्खु कारागार अगाडि रविको पक्षमा नाराबाजी
रविलाई रुपन्देही कारागारबाट काठमाडौं लगिंदै
रवि लामिछानेलाई ३ बजे काठमाडौं ल्याइँदै
रविको बैंक जमानतसम्बन्धी निवेदन न्यायाधीश सापकोटाको इजलासमा
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सकियो