काठमाडौँ। राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले मुलुकको साझा समस्या सुशासन कायम गर्नु रहेको बताएका छन् । तर, सुशासन भएन भनेर भन्न जाने ठाउँ कहाँ हो भन्नेमा सबै रनभुल्लमा रहेको उनको भनाइ छ ।
आइतबार संसद् सेवा दिवसका अवसरमा सिंहदरवारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा जति पनि राजनीतिक परिवर्तन भए सुशासनको विषयमा कहिल्यै जनताले प्राप्त गर्न नसकेको बताए ।
‘जति पटक जुन किसिममा राजनीतिक परिवर्तन भए पनि हाम्रो साझा समस्याको रूपमा सुशासन रहँदै आएको छ । अब यो सुशासन भएन भन्ने ठाउँ कहाँ छ रु यो प्रश्नमा बहस र छलफल हुनुपर्छ,’ उपाध्यक्ष दाहालले भने ।
जसले सुशासन छैन भनिरहेको छ उही व्यक्तिहरू समेत त्यसको जिम्मेवार रहेको बुझ्न आवश्यक रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ मंसिर २०८१, १९ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘तीन तहको सरकारमा समन्वयको अभाव छ’ : अध्यक्ष दाहाल
सरोकारवालासँग परामर्शपछि मात्रै विधेयक प्रक्रिया अघि बढ्ने राष्ट्रिय सभा अध्यक्ष दाहालको दाबी
राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा निर्माणाधीन नयाँ संसद् भवनको निरीक्षण, निर्माणलाई तीव्रता दिन निर्देशन
माघी पर्वले राष्ट्रिय एकतामा योगदान पुर्याउने राष्ट्रिय सभा अध्यक्ष दाहालको विश्वास
विविधता भित्रको राष्ट्रिय एकता नै हामी नेपाली हुनुको पहिचान हो : अध्यक्ष दाहाल
अध्यक्ष दाहाल र अष्ट्रेलियाका सभामुखबीच भेट