काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले माघी पर्वले राष्ट्रिय एकता, धार्मिक एवं सामाजिक सद्भाव एक–अर्काको पहिचान र भिन्न संस्कृतिको सम्मानमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
उनले थारू समुदायको माघी पर्व तथा मगर समुदायलगायत आ–आफ्नो ऐतिहासिक मान्यता र संस्कृतिअनुसार विभिन्न समुदायले मनाउने माघे सङ्क्रान्तिको सुखद अवसरमा शुभकामना व्यक्त गर्दै यस्तो बताएका हुन् ।
अध्यक्ष दाहालले यस पर्वले नेपालको आदिम समाज, मानव सभ्यताको ऐतिहासिक विकास प्रक्रिया र श्रम संस्कृतिप्रतिको सम्मानलाई उजागर गरेको पनि उल्लेख गरेका छन् । उनले विविधताबीच एकता कायम गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।
सन्देशमा भनिएको छ, “नेपाली जनताको ठूलो त्याग, बलिदान र संघर्षको उपलब्धिका रूपमा रहेको हाम्रो संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको राष्ट्रिय एकतालाई आत्मसात् गरेको छ, हामी नेपाली विविध भाषा, संस्कृति, चाडपर्व र परम्पराका धनी छौँ, यही विविधताले विश्वमा नेपालको विशिष्ट र अलग्गै पहिचान स्थापित भएको छ ।”
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०१ माघ २०८२, १० : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने
राष्ट्रिय सभामा काँग्रेसका सुनिल थापा निर्विरोध निर्वाचित
काँग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
एमालेले टुंग्यायो राष्ट्रिय सभाका लागि ६ जना उम्मेदवार
राष्ट्रिय सभामा यी हुन् एमालेका उम्मेदवार