सोल । दक्षिण कोरियामा पूर्व रक्षामन्त्री पक्राउ परेका छन् । राष्ट्रपति यून सुक–येओललाई मार्शल ल लगाउन सुझव दिएका पूर्व रक्षामन्न्त्री किम योङ–ह्यून आआइतबार पक्राउ परेका हुन् । अभियोजनकर्ताहरूको विशेष अनुसन्धान टोलीले आइतबार किमलाई समातेर उनको फोन पनि जफ्त गरेको छ ।
पक्राउ पर्नुअघि अनुसन्धानकर्ताहरूले किमसँग सोधपुछ गरेका थिए । आइतबार १ः३० बजे तिर किम स्वेच्छिक रुपमा सोल केन्द्रीय जिल्ला अदालत अभियोजनकर्ताहरूको कार्यालयमा पुगेका योन्ह्याप न्यूज एजेन्सीले समाचार छापेको थियो ।
विपक्षीहरूले देशको लोकतन्त्र र स्थायित्वलाई खतरामा पारेको आरोप लगाउँदै येओलले मंगलबार राति मार्शल ल (सैन्य शासन) लागू गरेका थिए । शनिबार संसदमा येओलविरुद्धको महाभियोगको प्रस्ताव असफल भएपछि योङ–ह्यून समातिएका हुन् ।
महाभियोग प्रस्ताव विफल भएपनि राजीनामा दिनु अघि राष्ट्रपतिको कतव्र्यबाट उनलाई पूरै बाहिर राखिने सत्तारुढ दलका नेता हान दोङ–हूनले भनेका छन् । राजीनामा अघि येओललाई विदेशी र अन्य राजकीय मामिलामा संलग्न नगराइने प्रधानमन्त्रीसँग जारी गरिएको संयुक्त विज्ञप्तिमा आइतबार दोङ–हूनले भनेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ मंसिर २०८१, १० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
४० लाखसहित हुण्डी कारोबारको आरोपमा दुई जना पक्राउ
४० लाख हुन्डीको रकमसहित दुई जना पक्राउ
रेशम चौधरी पक्राउबारे प्रधानमन्त्रीको जवाफ माग
स्रोत नखुलेको रकमसहित चारजना पक्राउ