सोल । दक्षिण कोरियामा पूर्व रक्षामन्त्री पक्राउ परेका छन् । राष्ट्रपति यून सुक–येओललाई मार्शल ल लगाउन सुझव दिएका पूर्व रक्षामन्न्त्री किम योङ–ह्यून आआइतबार पक्राउ परेका हुन् । अभियोजनकर्ताहरूको विशेष अनुसन्धान टोलीले आइतबार किमलाई समातेर उनको फोन पनि जफ्त गरेको छ ।
पक्राउ पर्नुअघि अनुसन्धानकर्ताहरूले किमसँग सोधपुछ गरेका थिए । आइतबार १ः३० बजे तिर किम स्वेच्छिक रुपमा सोल केन्द्रीय जिल्ला अदालत अभियोजनकर्ताहरूको कार्यालयमा पुगेका योन्ह्याप न्यूज एजेन्सीले समाचार छापेको थियो ।
विपक्षीहरूले देशको लोकतन्त्र र स्थायित्वलाई खतरामा पारेको आरोप लगाउँदै येओलले मंगलबार राति मार्शल ल (सैन्य शासन) लागू गरेका थिए । शनिबार संसदमा येओलविरुद्धको महाभियोगको प्रस्ताव असफल भएपछि योङ–ह्यून समातिएका हुन् ।
महाभियोग प्रस्ताव विफल भएपनि राजीनामा दिनु अघि राष्ट्रपतिको कतव्र्यबाट उनलाई पूरै बाहिर राखिने सत्तारुढ दलका नेता हान दोङ–हूनले भनेका छन् । राजीनामा अघि येओललाई विदेशी र अन्य राजकीय मामिलामा संलग्न नगराइने प्रधानमन्त्रीसँग जारी गरिएको संयुक्त विज्ञप्तिमा आइतबार दोङ–हूनले भनेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ मंसिर २०८१, १० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ
केन्द्रीय कारागारबाट भागेकी तामाङ असनबाट पक्राउ
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा छ जना पक्राउ
अपहरणपछि युवकमाथि अमानवीय यातना, नग्न बनाएर भिडियो बनाएको आरोपमा श्रम मन्त्रीका चालक पक्राउ
साढे एक किलो चाँदीसहित भक्तपुरबाट एक जना पक्राउ