जनकपुरधाम । मधेस प्रदेशमा चालू आर्थिक वर्षमा १५ लाख दुई हजार चार सय ५८ मेट्रिकटन धान उत्पादन भएको छ । गत आर्थिक वर्षमा १२ लाख ९६ हजार छ सय ७ मेट्रिक टन धान उत्पादन भएको थियो ।
गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा दुई लाख पाँच हजार दुई सय ५१ मेट्रिकटन बढी धान उत्पादन भएको कृषि प्रसार अधिकृत रोशनकुमार मेहताले बताए । रोपाइँ र त्यसपछिको समयमा पानी परेको थियो भने मल र बीउ समयमा नै उपलब्ध भएकाले उत्पादन बढेको उहाँको तर्क छ । गत वर्षको तुलनामा यस वर्षमा पाँच हजार दुई सय हेक्टर बढी जमिनमा धानखेती गरिएको थियो ।
गत वर्ष प्रतिहेक्टर तीन दशमलव ५० मेट्रिकटन धान उत्पादभएको थियो भने चालू आवमा प्रतिहेक्टर चार मेट्रिकटन उत्पादन भएको छ । सबैभन्दा बढी सप्तरीमा तथा सबैभन्दा कम रौतहटमा भएको छ । सप्तरीमा दुई लाख ६१ हजार एक सय २० मेट्रिकटन, रौतहटमा एक लाख ५० हजार चार सय ८० मेट्रिकटन, पर्सामा एक लाख ८४ हजार सात सय ४९ मेट्रिकटन, सर्लाहीमा एक लाख ८२ हजार एक सय ६० मेट्रिकटन र धनुषामा एक लाख ६६ हजार दुई सय ६० मेट्रिकटन धान उत्पादन भएको छ ।
यसैगरी, महोत्तरीमा एक लाख ६७ हजार सात सय ७० मेट्रिकटन, सिरहामा दुई लाख नौ हजार पाँच सय २० मेट्रिकटन र बारामा एक लाख ८० हजार तीन सय मेट्रिकटन धान उत्पादन भएको अधिकृत मेहताले जानकारी दिए । यसैबिच, यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद प्रक्रिया सुरु गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २२ मंसिर २०८१, १२ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेस प्रदेशको आम्दानी न्यून, योजना कार्यान्वयनमा समस्या
मधेस प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन गृहमन्त्री जनकपुरमा
मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले पायो पूर्णता
मधेश प्रदेश प्रमुख कर्णले लिए शपथ
मधेस प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनलको दाबी पेस
मधेस प्रदेशमा लम्पीस्किनको संक्रमणबाट १७०० पशु मरे