काठमाडौँ। लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई जितका लागि १७१ रनको लक्ष्य दिएको छ। कप्तान रोहित पौडेलको विष्फोटक ब्याटिङमा लुम्बिनीले पोखरा एभेन्जर्ससामु जितका लागि १ सय ७१ रनको लक्ष्य प्रस्तुत गरेको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७० रनको योगफल तयार पारेको हो।
चौथो विकेटका लागि कप्तान रोहित र टम मोरिसले १ सय १० रनको साझेदारी गरे। कप्तान रोहितले बनाएको ९५ रन नै लुम्बिनीका लागि सर्वाधिक रह्यो। उनले ५९ बलमा १० चौका र ४ छक्का प्रहार गरे। कप्तान रोहित ९५ रनमा रनआउट भए। विवेक यादव २ रनमा नटआउट रहे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ मंसिर २०८१, १४ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने
त्रिदेशीय क्रिकेट शृङ्खला : नेपाल र स्कटल्याण्ड खेल्दै
अफगानिस्तानसँगको रोमाञ्चक खेलमा नेपाल एक रनले पराजित
क्रिकेट खेल्न गएका बालक पोखरीमा बिलाए
पीएम कप क्रिकेटमा आज दुई खेल हुँदै