चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा पहिलो चरणको उम्मेदवारको नामावली सार्वजनिक गरिएको छ । उनान्सय जना केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको नामावली सार्वजनिक गरिएको हो ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगसँगै रहेका रास्वपा चितवनका नेता नेत्र लामिछानेका अनुसार पहिलो चरणको केन्द्रीय सदस्यको निर्वाचनमा ३८४ जनाले उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । जसमा खुलातर्फ २१० जनाको उम्मेदवारी परेको छ भने भूगोलतर्फ १७४ जनाको उम्मेदवारी परेको छ । एउटा प्रदेशबाट पाँच जना निर्वाचित हुनेछन् ।
सात प्रदेशबाट ३५ जना निर्वाचित हुनेछन् भने ६४ जना खुलाका लागि २१० जनाको उम्मेदवारी परेको हो । लामिछानेका अनुसार सुदूरपश्चिम प्रदेशमा १८ जना, मधेस प्रदेशमा २० जना, लुम्बिनी प्रदेशमा ३१ जना, कोसी प्रदेशमा २० जना, कर्णाली प्रदेशमा ३१ जना, बागमती प्रदेशमा २७ जना र गण्डकी प्रदेशमा २७ जनाको उम्मेदवारी परेको छ ।
उनका अनुसार प्रारम्भिक नामावली सार्वजनिक गरिएको हो । नामावली सार्वजनिकसँगै दाबी विरोधका लागि समय दिइएको छ । यसपछि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ ।
लामिछानेले अन्तिम नामावली विद्युतीय मतदान उपकरणमा प्रविष्ट गरेपछि आज राति नै निर्वाचन गर्ने तयारी गरिएको जानकारी दिए। सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० असार २०८३, १७ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा महाधिवेशन: खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रम मन्त्री यादवको उम्मेदवारी
रास्वपा महाधिवेशन: मतदानको तयारी हुँदै
रास्वपा महाधिवेशन: केन्द्रीय सदस्य (खुलातर्फ) सस्मित पोखरेलको उम्मेदवारी
रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने
रास्वपा महाधिवेशन: केन्द्रीय सदस्यका लागि चितवनबाट १९ जनाको दाबी
रास्वपा महाधिवेशन : बन्द सत्र सुरु