रास्वपा महाधिवेशन: खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रम मन्त्री यादवको उम्मेदवारी

सफल खबर संवाददाता

बुधबार, १० असार २०८३, १५ : २१
रास्वपा महाधिवेशन: खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रम मन्त्री यादवको उम्मेदवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले खुल्ला मधेसी कोटाबाट केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका छन् । मधेसको शक्तिशाली नेताको रूपमा प्रतिनिधित्व गर्दै यादवले उम्मेदवारी दिएको हो ।

रास्वपाको ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन यही २०८३ असार ७ गते देखि चितवनमा भइरहेको छ। सोही महाधिवेशनका लागि यादवले केन्द्रीय नेतृत्वमा आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन् ।

भारतको प्रतिष्ठित शिक्षण संस्था आईआईटी मद्रास बाट एम.टेक गरेका इन्जिनियर यादवले पार्टीभित्र प्राज्ञिक र युवा नेतृत्वको प्रतिनिधित्व गर्छन्। उनले आफ्नो चुनावी प्रतिबद्धतामा नीतिगत स्पष्टता र सामाजिक रूपान्तरणलाई जोड दिएका छन् ।

नयाँ सोच, सामाजिक समृद्धि, समानता र परिवर्तनको प्रतिबद्धता, मधेसको सम्मान, समावेशी पहिचान, राष्ट्र निर्माणमा हाम्रो योगदान रास्वपाले समावेशी र लोकतान्त्रिक पद्धतिलाई अङ्गाल्दै महाधिवेशन मार्फत नयाँ नेतृत्व चयन गर्ने तयारी गरिरहँदा, यादवको उम्मेदवारीले मधेसी समुदायको सम्मान, पहिचान र राष्ट्र निर्माणमा युवा इन्जिनियरहरूको भूमिकालाई स्थापित गर्ने विश्वास गरिएको छ। आफूलाई मतदान गरी विजयी गराउन महाधिवेशन प्रतिनिधिहरूसँग अपिल समेत गरेका छन् ।