काठमाडौँ । नेपाल प्रिमियर लिगमा सट्टेबाजी गराएको आरोपमा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बसेर सट्टेबाजी गराउने थप ३ जनालाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता (एसपी) होविन्द्र बोगटीले बताए ।
यसअघि चारजना भारतिय नागरिकलाई ब्युरोले पक्राउ गरेको थियो । भारत कलकत्ता घर भएका २४ वर्षीय सुमन घोष, उत्तर प्रदेश कानपुर घर भएका अमित यादव, बिहार घर भएका २७ वर्षीय सुमन्त कुमार र बिहारकै ३० वर्षीय ब्रजेश कुमार यसअघि पक्राउ परेका थिए ।
आरोपीहरूले दुईवटा एपको प्रयोग गरेर सट्टेबाजी गराएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । स्पोर्टस् बाजी र प्रोबो एप मार्फत उनीहरूले सट्टेबाजी गराउने गरेको एसपी बोगटीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० मंसिर २०८१, ११ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेस्तोलसहित एक जना पक्राउ
लागु औषधसहित एक युवक पक्राउ
सात किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ
दाङमा जुवातास खेलिरहेका सात जना पक्राउ
गुल्मीमा लागुऔषधसहित एक जना पक्राउ
जेन जेडको आन्दोलनको क्रममा भागेका दुई कैदी सल्यानबाट पक्राउ