काठमाडौँ । १ सय ११ किलो गाँजासहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत मोतिहारी चैनपुर ढाका थानाका ३० वर्षीय महोमद समिर रहेका छन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले १ सय ११ केजी गाँजासहित आज पक्राउ गरेको एसपी विश्वराज खड्काले बताए। उनीमाथि मनहरीबाट वीरगन्ज तर्फ जाँदै गरेको बा १० च ५३३ नम्बरको पिकअप गाडीलाई प्रहरीले तीनताप्केमा रोकेर जाँच गर्दा गाडीभित्र १ सय ११ केजी गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ मंसिर २०८१, १३ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गाँजासहित एक भारतीय युवक पक्राउ
‘पिकअप भ्यान’ सहित १७६ किलो गाँजा बरामद
ठोरीबाट ९१ केजी गाँजा बरामद
एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद
दुई सय १३ किलोग्राम गाँजा बरामद
लालबन्दीबाट ३८ केजी गाँजासहित एक जना पक्राउ