काठमाडौँ । १ सय ११ किलो गाँजासहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत मोतिहारी चैनपुर ढाका थानाका ३० वर्षीय महोमद समिर रहेका छन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले १ सय ११ केजी गाँजासहित आज पक्राउ गरेको एसपी विश्वराज खड्काले बताए। उनीमाथि मनहरीबाट वीरगन्ज तर्फ जाँदै गरेको बा १० च ५३३ नम्बरको पिकअप गाडीलाई प्रहरीले तीनताप्केमा रोकेर जाँच गर्दा गाडीभित्र १ सय ११ केजी गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ मंसिर २०८१, १३ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१०२ किलो बढी गाँजासहित भारतीय नागरिक पक्राउ
३७० किलोग्राम गाँजा बरामद
गाडी र मोटरसाइकलसहित ९२२ किलो गाँजा बरामद
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा