काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले हालै सम्पन्न स्थानीय तह उपनिर्वाचनमा जनताले विकल्प नपाएर पुरानै दलमध्ये एउटालाई छान्न बाध्य भएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– 'दुई वर्षभित्रै भएको ४१ वटा स्थानीय तहको उपनिर्वाचनमा अधिकांश ठाउँमा पहिले जितेको दलले हारेको र अर्को दलले जितेको देखिएको छ। साथै केही ठाउँलाई छाडेर अधिकांश ठाउँमा तीन पुराना दल नै एक अर्कोको विकल्प बनेका छन्। यसको सोझो अर्थ हो जनता असन्तुष्ट छन्, विकल्प चाहन्छन्, तर नयाँ विकल्प नपाएर पुरानैमध्येबाट एउटालाई छान्न बाध्य छन्।'
नयाँ र वैकल्पिक शक्तिहरूले यसबाट पाठ सिकेर, आआफ्ना कमजोरीहरू सच्याएर अर्को पटक जनतालाई विश्वासिलो र भरपर्दो विकल्प दिन सक्नुपर्ने उनले उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ मंसिर २०८१, ०६ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दिल्लीमा बाबुरामलाई भाजपा नेताको प्रश्न : 'नेपालमा राजतन्त्र फर्किन लागेको हो ?'
जनताको समृद्धिको सपना पूरा हुनेछ : अध्यक्ष भट्टराई
राजावादी सडकमा उत्रिँदैमा गणतन्त्र ढल्दैन: बाबुराम भट्टराई
बाबुरामले सकेनन्’ भन्दै चुप बस्नु मूर्खता हो : डा.भट्टराई
जुँगाको लडाइँ छाडौँ, फागुन १ लाई ‘जनक्रान्ति दिवस’का रूपमा मनाऔँ : बाबुराम भट्टराई
रविबारेको आदेशमा बाबुरामको टिप्पणी : अदालतको विवेकपूर्ण निर्णय