काठमाडौँ । आइतबार सेयर बजार परिसूचक (नेप्से) १० अंकले घटेको छ । तीव्र उतारचढाव हुँदै बजार घटेपछि परिसूचक २७३८ बिन्दुमा ओर्लिएको छ । आज कुल ८ अर्ब ८३ करोड २२ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
बजार घटे पनि ५ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । बिशाल बजार कम्पनी, कर्पोरेट विकास बैंक, सिन्धु विकास बैंक, ग्रिन विकास बैंक र सप्तकोशी विकास बैंकको मूल्य १० प्रतिशतले बढ्यो । आज विकास बैंक समूहको सूचक ४.५२ प्रतिशतले बढेको छ ।
आज ६३ कम्पनीको मूल्य बढेको छ । १७८ कम्पनीको मूल्य घट्यो भने ३ कम्पनीको मूल्य स्थिर छ । कारोबार रकमका हिसाबले आइतबार एक्सेल विकास बैंक शीर्ष स्थानमा रह्यो । यसको ३४ करोड ३१ लाख ४९ हजार मूल्यको सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ मंसिर २०८१, १५ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२५९६ अंकमा झर्यो सेयर बजार
२६ सय नाघ्यो सेयर बजार
सेयर बजारका सबै सूचक झरे
घट्यो सेयर बजार, नेप्से २६२२ अंकमा
नेप्से ३१ अंकले बढ्यो, ९ अर्बको कारोबार
२६०० अंकमा पुग्यो सेयर बजार