काठमाडौँ । जापान र श्रीलङ्काका राजदूतले राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेट गरेका छन् । भेटका अवसरमा नेपालका लागि जापानका राजदूत KIKUTA Yutaka ले नेपाल र जापानबिच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी गरेका थिए ।
त्यस्तै नेपालका लागि प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका राजदूत सुदर्शन के पाथिरानाले नेपाल र श्रीलङ्काबिच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी गरेका थिए । राष्ट्रपतिले दुवै राजदूतलाई आफ्नो कार्यकाल सफलता पूर्वक सम्पन्न गरेकोमा धन्यवाद समेत व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ मंसिर २०८१, १२ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
जापान जाने श्रमिकको मागपत्र प्रमाणीकरण सहज बनाउन दूतावासलाई आग्रह
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
राष्ट्रपति पौडेल जापानबाट स्वदेश प्रस्थान
राष्ट्रपति पौडेल जापानमा
जापानमा मध्यावधि चुनाव, प्रधानमन्त्री ताकाइचीले गरिन् संसद् विघटन