रौतहट। बारा प्रहरीले एकैदिनमा १० जना प्रतिवादी लाई पक्राउ गरेको छ। प्रहरी कारबाहीको सिलसिलामा जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाइहरूबाट खटिएको प्रहरी टोलीले बिहीवार जिल्लाको छुट्टाछुट्टै स्थानबाट १० फरार प्रतिवादी लाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा कलैया उपमहानगरपालिका १८ का लालबाबु महतो धानुक, फेटा गाउँपालिका ४ बतराका मुकेश मुखिया, निजगढ ९ का अमृत लामा, सिम्रौनगढ ११ का सन्तोष साह तेली , वडा १० का वकिल प्रसाद यादव, करैयामाई ८ का नागेन्द्र पण्डित , गंजभवानिपुरका शोषनाथ प्रसाद साह तेली, बरियारपुरका रामायण चौधरीलगायत रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी प्रकाश सापकोटाले बताए।
पक्राउ परेका सबै १० जना लाई फैसला कार्यान्वयन लागी बारा जिल्ला अदालत कलैयामा बिहीवार उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय बाराको सूचनामा उल्लेख गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ मंसिर २०८१, १० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटमा एकल महिलामाथि बोक्सीको आरोपमा अमानवीय व्यवहार, एक जना पक्राउ
देशभर लागुऔषधसहित २७ जना नियन्त्रणमा
इन्द्रकुमार चाम्लिङ पक्राउ
स्रोत नखुलेको २७ लाख नगदसहित विराटनगर विमानस्थलबाट २ युवक पक्राउ
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ