काठमाडौँ । सरकारसँग सहमति भएपछि नेपाल एयरलाइन्सका पाइलटहरू काममा फर्किएका छन् ।सेवा सुविधाको माग गर्दै बिरामीको बहाना बनाएर पाइलटहरू हडतालमा थिए । हडतालका कारण उडान प्रभावित बनेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पाइलटहरूसँग वार्ता गरेका हुन् ।
वार्तापछि पाइलटहरूले उडानमा फर्किने निर्णय लिएको मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेले जानकारी दिए । लामिछानेका अनुसार पाइलटले उठाएका सेवा सुविधाका विषयमा वैज्ञानिक आधारमा सम्बोधन गर्ने प्रतिबद्धता मन्त्रालयको तर्फबाट भएको छ ।
यसमा पर्यटन मन्त्रालय, अर्थ मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणको समन्वयमा काम हुनेछ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ मंसिर २०८१, १४ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल एयरलाइन्सको महाप्रबन्धक पदमा १६ जनाको आवेदन
नेपाल एयरलाइन्सको ट्वीनअटर विमान मर्मतपछि व्यावसायिक उडानमा
नेपाल एयरलाइन्सले आज भैरहवामा उद्धार उडान गर्दै
६७ वर्षे यात्रामा छटपटाइरहेको नेपाल एयरलाइन्स
हिजो रद्द भएको नेपाल एयरलाइन्सको दोहा उडान आज मध्यान्ह सञ्चालन हुने
नेपाल एयरलाइन्सको जहाजमा अचेत भेटिएका यात्रुको उपचारका क्रममा निधन