काठमाडौँ । सरकारसँग सहमति भएपछि नेपाल एयरलाइन्सका पाइलटहरू काममा फर्किएका छन् ।सेवा सुविधाको माग गर्दै बिरामीको बहाना बनाएर पाइलटहरू हडतालमा थिए । हडतालका कारण उडान प्रभावित बनेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पाइलटहरूसँग वार्ता गरेका हुन् ।
वार्तापछि पाइलटहरूले उडानमा फर्किने निर्णय लिएको मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेले जानकारी दिए । लामिछानेका अनुसार पाइलटले उठाएका सेवा सुविधाका विषयमा वैज्ञानिक आधारमा सम्बोधन गर्ने प्रतिबद्धता मन्त्रालयको तर्फबाट भएको छ ।
यसमा पर्यटन मन्त्रालय, अर्थ मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणको समन्वयमा काम हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ मंसिर २०८१, १४ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पश्चिम एसियामा रहेका नेपालीको उद्धारका लागि आजदेखि नेपाल एयरलाइन्सको विशेष उडान
नेपाल एयरलाइन्सले सुरु गर्यो सुर्खेत सिमकोट उडान
नेपाल एयरलाइन्सद्वारा दमाम र दोहा उडान स्थगित
नेपाल एयरलाइन्सको महाप्रबन्धक पदमा १६ जनाको आवेदन
नेपाल एयरलाइन्सको ट्वीनअटर विमान मर्मतपछि व्यावसायिक उडानमा
नेपाल एयरलाइन्सले आज भैरहवामा उद्धार उडान गर्दै