काठमाडौं । स्रोत नखुलेको ६२ लाख रुपैयाँसहित ३ भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेश जिल्ला जालौनका ४० वर्षीय विजय सिंह कुशवाह, भारतकै गोरखपुरका २६ वर्षीय प्रशान्त पाठक, भारत राजस्थान चितोरगढका ३२ वर्षीय राहुल कुमार माण्डावत छन् ।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले पक्राउ गरेको हो । मकवानपुरका एसपी विश्वराज खड्काका अनुसार काठमाडौंबाट हेडौटातर्फ आउँदै गरेको बा. प्र. ०३–००१ ज ०७६५ नम्बरको इभी माइक्रोबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
कुशवाहबाट युएस डलर १२ हजार, पाठकबाट युरो १४ हजार र माण्डावतको साथबाट २० यूएस डलर हजार बरामद भएको छ । बरामद रकम नेपाली रुपैयाँ ६२ लाख ९० हजार ३५ बराबर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० मंसिर २०८१, १३ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ