काठमाडौं । स्रोत नखुलेको ६२ लाख रुपैयाँसहित ३ भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेश जिल्ला जालौनका ४० वर्षीय विजय सिंह कुशवाह, भारतकै गोरखपुरका २६ वर्षीय प्रशान्त पाठक, भारत राजस्थान चितोरगढका ३२ वर्षीय राहुल कुमार माण्डावत छन् ।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले पक्राउ गरेको हो । मकवानपुरका एसपी विश्वराज खड्काका अनुसार काठमाडौंबाट हेडौटातर्फ आउँदै गरेको बा. प्र. ०३–००१ ज ०७६५ नम्बरको इभी माइक्रोबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
कुशवाहबाट युएस डलर १२ हजार, पाठकबाट युरो १४ हजार र माण्डावतको साथबाट २० यूएस डलर हजार बरामद भएको छ । बरामद रकम नेपाली रुपैयाँ ६२ लाख ९० हजार ३५ बराबर छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० मंसिर २०८१, १३ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ
नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ
जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ
चेक अनादर मुद्दामा ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ
७ लाख ९५ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ