काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक धरहरा परिसरबाट नेपाल प्रिमियर लिग (एनपिएल)को ट्रफीको आज अनावरण गर्दै यस लिगले नेपालको पर्यटन प्रवर्द्धन र युवा खेल प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न प्रत्यक्ष सहयोग पुग्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीले खेल क्षेत्रका लागि सरकारले पर्याप्त स्रोत, साधन उपलब्ध गराउन नसके पनि लिगका लागि सक्दो सहयोग, साथ, सहयोग र प्रोत्साहन गर्ने विश्वास दिलाए । “खेल सरकारको क्रियाकलापभन्दा बाहिर छैन । खेलमा म सरकारका हुँदा वा नहुँदा जहिल्यै पनि रुचि र अपनत्व रहनेछ । सहभागी खेलाडी सबैलाई जितको शुभकामना दिन चाहन्छु ।’’, हरेक क्लब र खेलाडीका लागि विशेषतायुक्त प्रशंसाका शब्दगुच्छा प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले भने, “नेपालीले चान्स पाएपछि गर्छ भन्ने मान्यतालाई फेरि पनि स्थापित होस् । नेपाली क्रिकेटमा नयाँ आयाम थप्न सकियोस् । क्रिकेट हाम्रो पुस्ताको सपना र गौरवको विषय पनि हो ।’’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० मंसिर २०८१, ११ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी
बुद्ध जयन्तीमा ओलीको सन्देश : करुणा, शान्ति र सहिष्णुताको मार्ग अपनाउन आह्वान
'२०८२ अब इतिहास भयो' भन्दै ओलीले दिए नयाँ वर्षको शुभकामना