काठमाडौं। दुर्गा प्रसाईंको पक्राउविरुद्ध परेको बन्दी प्रत्यक्षीकरणको रिटमा आइतबार सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ । छोरा निराजन प्रसाईंले शुक्रबार दायर गरेको रिटमाथि आइतबार न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासमा सुनुवाइ भएको हो ।
कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानी रहेको भन्दै अप्रमाणित कागजात सार्वजनिक गरेको अभियोगमा प्रसाईंलाई पक्राउ गरिएको थियो । सोही पक्राउविरुद्ध बन्दी प्रत्यक्षीकरणको रिट लिएर छोरा निराजन सर्वोच्च अदालत पुगेका हुन् ।
पहिलो नम्बरमा पेशी चढेको उक्त रिटमाथि सुनुवाइ भइसकेको सर्वोच्च अदालतको वेबसाइटमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ मंसिर २०८१, ११ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईं र राणाको दूत बनेर सगुन लावती भारत भ्रमणमा
दुर्गा प्रसाईंमाथि छानबिन गर्न सिफारिस
दुर्गा प्रसाईँलाई साधारण तारेखमा रिहा गर्न आदेश
दुर्गा प्रसाईँलाई पक्राउ गर्नुको आधार र कारण पेश गर्न सर्वोच्चको आदेश
दुर्गा प्रसाईँविरुद्ध अनुसन्धानका लागि तीन दिन म्याद थप
वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ