काठमाडौं। दुर्गा प्रसाईंको पक्राउविरुद्ध परेको बन्दी प्रत्यक्षीकरणको रिटमा आइतबार सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ । छोरा निराजन प्रसाईंले शुक्रबार दायर गरेको रिटमाथि आइतबार न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासमा सुनुवाइ भएको हो ।
कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानी रहेको भन्दै अप्रमाणित कागजात सार्वजनिक गरेको अभियोगमा प्रसाईंलाई पक्राउ गरिएको थियो । सोही पक्राउविरुद्ध बन्दी प्रत्यक्षीकरणको रिट लिएर छोरा निराजन सर्वोच्च अदालत पुगेका हुन् ।
पहिलो नम्बरमा पेशी चढेको उक्त रिटमाथि सुनुवाइ भइसकेको सर्वोच्च अदालतको वेबसाइटमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ मंसिर २०८१, ११ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री भेट्न सुरक्षा दस्तासहित सिंहदरबार पुगे दुर्गा प्रसाईँ
सिंहदरवारमा प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै
प्रधानमन्त्रीसँग वार्ताको तयारी भइरहेको छ : दुर्गा प्रसाईं
दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ हुँदै
दुर्गा प्रसाईंको अभियानले फिर्ता लियो अनिश्चितकालीन नेपाल बन्दको कार्यक्रम