चितवन। भरतपुर महानगरपालिकाले तीन पाङ्ग्रे अटोको रुट परमिट दिन सुरु गरेको छ । महानगरपालिकाले शुक्रबार कालिका नगरपालिका वडा नम्बर ५ का मेष नारायण श्रेष्ठलाई अटोको पहिलो रुट परमिट दिइएको छ । एक कार्यक्रमका बीच महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले रुट परमिट सवारी धनी श्रेष्ठलाई दिए ।
रुट परमिट अनुसार महानगरले तोकेको निषेधित क्षेत्र बाहेक अन्य ठाँउमा चलाउन पाइने छ । ३ पाङ्ग्रे अटो तथा म्याजिक भ्यानको व्यवस्थापनको लागि महानगरपालिका यातायात शाखा स्थापना गरेको छ । महानगरपाकिलले १५ दिने सूचना आह्वान गरी अभिलेखिकरण र दर्ता गर्न म्याजिक भ्यान तथा अटो सञ्चालकलाई आग्रह गरेको थियो ।
म्याजिक भ्यानको अभिखेखिकरण गर्न रु २ हजार, अटोको रु १ हजार, अटोको दर्ता गर्न रु १०० र स्टिकरको ३०० रुपैयाँ तोकिएको महानगरका अधिकृत बालकृष्ण थपलियाले जानकारी दिए ।स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (४) उपदफा (३) ट (२) अनुसार स्थानीय सार्वजनिक यातायातको रुट निर्धारण, अनुमति, नवीकरण, खारेजी सेवाको गुणस्तर, भाडादर निर्धारण र नियमनको अधिकार स्थानीय तहलाई तोकिएको छ ।
महानगरमा करिब १५ सय अटो र ७ सयको संख्यामा म्याजिक भ्यान रहेको छ । यस विषयमा यातायात व्यावसायी पनि सकारात्मक रहेको अधिकृत थपलियाले जानकारी दिए । म्याजिक भ्यान र अटोको अभिलेखिकरण भएमा नगर क्षेत्रमा हुने दुर्घटनालाई न्यूनिकरण हुने, ट्राफिक नीति तथा नियम बनाउन सहज हुने, रुट निर्धारण गर्न सहज र सौन्दर्यकरणलाई थप मद्दत पुग्ने विश्वास लिइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ मंसिर २०८१, १४ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान
भरतपुर महानगर साहित्य दर्पण–४ र वाङ्मय कोश विमोचन
भरतपुर महानगरद्वारा सीपमूलक तालिममा सहभागी ७७९ जनालाई प्रमाणपत्र वितरण
नयाँ बजेटमा १४ वटा नयाँ कार्यक्रम : डिजिटल सिटीदेखि विपद् -सुरक्षासम्मको योजना
भरतपुरको आगामी वर्षको बजेट सार्वजनिक : ५ अर्ब १९ करोडको योजना
भरतपुर महानगरको बजेट : अधुरा पूर्वाधारमा जोड, डिजिटल सहर र सामाजिक सुरक्षामा प्राथमिकता