काठमाडौँ । भारत अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा १५० रनमा अल आउट भएको छ । अस्ट्रेलियाको पर्थमा आजदेखि शुरु भएको ५ खेलको सिरिजको पहिलो खेलमा टस जितेर पहिला ब्याटिंग गरेको भारतले १५० रन बनाउदा अल आउट भएको छ ।
भारतका लागि डेभ्यु खेल खेलिरहेका नितिश कुमार रेड्डीले सर्बाधिक ४१ रन बनाए भने ऋषव पन्तले ३७, केएल राहुलले २६ रन बनाएका थिए । त्यस्तै भारतको ब्याटिंग लाइन ध्वस्त गर्नेक्रममा अस्ट्रेलियाका बलर जोश हजेलवूडले सर्बाधिक ४ विकेट लिए भने मिचेल स्टार्क, पाट कमिन्स र मिचेल मार्शले २-२ विकेट लिएका थिए ।
यस खेलमा भारतका कप्तान रोहित शर्माको अनुपस्थितिमा जसप्रित बुमराहले कप्तानी गरेका छन् । अब केहि बेरमा अस्ट्रेलियाले आफ्नो पहिलो इनिंग ब्याटिंग गर्दै छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०७ मंसिर २०८१, १३ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
एसिया कप : आज भारत र पाकिस्तान भिड्दै
‘चाडपर्व छोडेर काम खोज्न भारत’
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’
आज भारतको ७९औँ स्वतन्त्रता दिवस, मोदीद्वारा महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण