रौतहट । रौतहटको सदरमुकाम गौरस्थित राईस मिलको बाटोबाट प्रहरी गस्ती टोलीले चेकजाँचको क्रममा स्रोत नखुलेको ६ लाख रुपैयाँसहित १ जना पैदल यात्रीलाई पक्राउ गरेको छ।
चेकजाँचको क्रममा बुधवार साँझ गौर नगरपालिका १ का वर्ष ५४ को वीरेन्द्र कुमार जयसवालले लुकाई छिपाई राखेको ५ सय दरको नेपाली नोट २०० थान र १हजार दरको नेपाली नोट ५ सय थान गरी कुल ६ लाख नेपाली रुपैयाँ, १ थान मोबाइलसहित पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताए।
बरामद रकमको श्रोत खुलाउन नसकेकोले रकमसहित पक्राउ परेका जयसवाललाई रौतहट जिल्ला अदालतबाट म्याद थप लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयको सूचनामा उल्लेख गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ मंसिर २०८१, १० : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नापी कार्यालय खैरहनीका हाकिमलाई मोसो दल्ने एकजना पक्राउ
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ
जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
पशुपति आर्यघाटमा शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ
बौद्धमा युवकमाथि खुकुरी प्रहार, दुई जना पक्राउ
युएई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ