काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठक स्थगित भएको छ । आइतबारका लागि तय भएको बैठक अनिश्चिकालका लागि स्थगित भएको हो । परराष्ट्रमन्त्री आरजु राणा देउवाको व्यस्तताका कारण बैठक स्थगित भएको हो ।
आइतबारका लागि तय भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे छलफल गर्ने कार्यसूची रहेको थियो । परराष्ट्रमन्त्री राणा काठमाडौं बाहिर रहेको र पर्यटनमन्त्री बद्रिप्रसाद पाण्डे उपस्थित हुन नसक्ने भएपछि बैठक स्थगित गरिएको समिति सभापति राजकिशोरले बताए परराष्ट्रमन्त्री राणा सुदूरपश्चिम भ्रमणमा रहेकी छन् ।
समिति सचिवालयका अनुसार आइतबारकै बैठकमा प्रधानमन्त्री ओलीलाई समेत उपस्थित गराएर छलफल गर्ने तयारी थियो । उनको पनि समय नमिलेकाले बैठक बस्न सकेन् । बैठकको अर्को मिति तय भइसकेको छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ मंसिर २०८१, १२ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
विधायन व्यवस्थापनसहित चारवटा समितिको बैठक बस्दै
विधायन व्यवस्थापनसहित तीनवटा समितिको बैठक बस्दै
विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
कृषिसहित चारवटा समितिको बैठक बस्दै