एजेन्सी । भारतले दक्षिण अफ्रिकाविरुद्धको टी-२० सिरिजमा दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न सिरिजको तेस्रो खेलमा भारतले ११ रनको जित हासिल गरेको हो ।
भारतले दिएको २२० रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाउदै २०८ रन बनाएको थियो ।
दक्षिण अफ्रिकाका लागि मारको जानसेनले सर्बाधिक ५४ रन बनाएका थिए भने भारतीय बलर अर्शदीप सिंहले ३ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ६ विकेट गुमाउदै २१९ रन बनाएको थियो । भारतका लागि तिलक बर्माले १०७ रनको शतकीय पारी खेलेका थिए भने अभिषेक शर्माले ५० रन बनाएका थिए ।
यो जितपछि भारतले ४ खेलको सिरिजमा २-१ को अग्रता हासिल गरेको छ । अब सिरिजको चौथो तथा अन्तिम खेल शुक्रबार हुने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २९ कार्तिक २०८१, ०९ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?