एजेन्सी । भारतले दक्षिण अफ्रिकाविरुद्धको टी-२० सिरिजमा दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न सिरिजको तेस्रो खेलमा भारतले ११ रनको जित हासिल गरेको हो ।
भारतले दिएको २२० रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाउदै २०८ रन बनाएको थियो ।
दक्षिण अफ्रिकाका लागि मारको जानसेनले सर्बाधिक ५४ रन बनाएका थिए भने भारतीय बलर अर्शदीप सिंहले ३ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ६ विकेट गुमाउदै २१९ रन बनाएको थियो । भारतका लागि तिलक बर्माले १०७ रनको शतकीय पारी खेलेका थिए भने अभिषेक शर्माले ५० रन बनाएका थिए ।
यो जितपछि भारतले ४ खेलको सिरिजमा २-१ को अग्रता हासिल गरेको छ । अब सिरिजको चौथो तथा अन्तिम खेल शुक्रबार हुने तालिका रहेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २९ कार्तिक २०८१, ०९ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतमाथि न्युजिल्यान्डले निकाल्यो ५० रनको जित
डिजिटल भुक्तानी गर्न सहज हुने वातावरण विस्तार गर्नेबारे नेपाल र भारतका केन्द्रीय बैंकबीच छलफल
इयू र भारत व्यापार सम्झौताको नजिक
भारतले जित्यो तीन खेलको वान डे सिरिज
भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट: सात जनाको मृत्यु, ३० घाइते
नेपालले भारतलाई हरायो