सुर्खेत । सोमबार जाजरकोटमा भएको फोर्स गाडी दुर्घटनामा परी घाइते भएका बिरामीलाई पुर्याउन नेपालगञ्ज गएको एम्बुलेन्स नै दुर्घटना भएको पाइएको छ ।
भूपू सैनिकद्वारा सञ्चालित भे १ च २२४७ नम्बरको एम्बुलेन्स मंगलबार बिहान कोहलपुर चौराहमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए ।
उनका अनुसार घाइतेलाई नेपालगञ्ज पुर्याएर फर्किने क्रममा अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा परी दुई जना घाइते भएको पनि उनले बताए । घाइते हुनेमा एम्बुलेन्स चालक सुर्खेतको लेकबेशी नगरपालिका–७, का २० वर्षीय दिनेश पुलामी र जाजरकोटको भेरी नगरपालिका–७, का २५ वर्षीय विराजन शाही रहेका छन् ।
घाइते दुवैको अहिले भेरी मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । एम्बुलेन्सले जाजरकोट दुर्घटनाका घाइतेलाई कर्णाली प्रदेश अस्पतालबाट लिएर गएको थियो । गम्भीर घाइतेहरूलाई हेलिकप्टरबाट सुर्खेत ल्याइएको थियो भने थप उपचारका लागि प्रदेश अस्पतालले नेपालगञ्ज रिफर गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ कार्तिक २०८१, १२ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दार्चुलामा जिप दुर्घटना, एक जनाको मृत्यु
सोलुखुम्बुमा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु, ६ घाइते
चितवनमा बस र कार ठोकिँदा बसमा सवार १ महिलाको मृत्यु, ९ जना घाइते
मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु
नवलपरासीमा बसको ठक्करबाट एकको मृत्यु, दुई जना घाइते
मुग्लिङ-नारायणगढ सडक खण्डमा ७ वटा गाडी एकआपसमा ठोक्किए