सुर्खेत । सोमबार जाजरकोटमा भएको फोर्स गाडी दुर्घटनामा परी घाइते भएका बिरामीलाई पुर्याउन नेपालगञ्ज गएको एम्बुलेन्स नै दुर्घटना भएको पाइएको छ ।
भूपू सैनिकद्वारा सञ्चालित भे १ च २२४७ नम्बरको एम्बुलेन्स मंगलबार बिहान कोहलपुर चौराहमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए ।
उनका अनुसार घाइतेलाई नेपालगञ्ज पुर्याएर फर्किने क्रममा अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा परी दुई जना घाइते भएको पनि उनले बताए । घाइते हुनेमा एम्बुलेन्स चालक सुर्खेतको लेकबेशी नगरपालिका–७, का २० वर्षीय दिनेश पुलामी र जाजरकोटको भेरी नगरपालिका–७, का २५ वर्षीय विराजन शाही रहेका छन् ।
घाइते दुवैको अहिले भेरी मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । एम्बुलेन्सले जाजरकोट दुर्घटनाका घाइतेलाई कर्णाली प्रदेश अस्पतालबाट लिएर गएको थियो । गम्भीर घाइतेहरूलाई हेलिकप्टरबाट सुर्खेत ल्याइएको थियो भने थप उपचारका लागि प्रदेश अस्पतालले नेपालगञ्ज रिफर गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ कार्तिक २०८१, १२ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपरासीमा बस र ट्रक ठोक्किँदा १३ जना घाइते
गुल्मीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु