काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला अदालत कास्की नजिकै एक होटलमा चिया खान बसेका रास्वपा कार्यकर्तासहित अन्य प्रयोजनका लागि आएका थप दुईजना पक्राउ परेका छन् ।
घटनास्थलमा रहेकी रास्वपा नेतृ तथा नारी टेलिभिजनकी सञ्चारकर्मी ज्वाला संग्रौलाले निषेधित क्षेत्र तोडेको भन्दै उठाएर भ्यानमा हालिएको बताइन् । पक्राउ पर्नेमा आशिष थापा, प्रेम थापा, साजन शर्मा र तेजाब अर्याल छन् ।
आफूलाई पनि लैजान खोजिएको तर सञ्चारकर्मीको परिचयपत्र देखाएपछि छोडेको उनले बताइन् । ‘हामीले निषेधित क्षेत्र तोड्ने कुनै पनि क्रियाकलाप देखाएका थिएनौं । चिया मगाएर गफ गरेर बसिरहेका थियौं । तर, चिया पिउन पनि नदिइकन जबरजस्ती उठाइयो ।’ उनले भनिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ कार्तिक २०८१, १५ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल चोरेको आरोपमा २ युवक पक्राउ
ठमेलबाट नौ विदेशी नागरिक पक्राउ
१२ केजी लागुऔषध र दुईवटा हतियार सहित ६ जना पक्राउ
गाँजासहित दुई जना पक्राउ
दुई थान घरेलु पेस्तोलसहित एक नेपाली भारतबाट पक्राउ
वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ