नवलपरासी। नवलपरासी पश्चिममा बसबाट खसेर एक युवकको मृत्यु भएको छ। प्रतापपुर गाउँपालिक-९ खैरेनीमा त्रिवेणीबाट बर्दघाटतर्फ जाँदै गरेको लु १ ख ३६६३ नम्बरको बसबाट खसेर स्थानीय ३४ वर्षीय जगदीश थारुको मृत्यु भएको हो।
शनिबार बसमा चढ्ने क्रममा उनी बसबाट खसेर गम्भीर घाइते भएका थिए। स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागि उनलाई भैरहवा मेडिकल कलेज रुपन्देही लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ कार्तिक २०८१, ११ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
जुम्लाबाट हवाई उद्धार गरिएकी सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु