नवलपरासी। नवलपरासी पश्चिममा बसबाट खसेर एक युवकको मृत्यु भएको छ। प्रतापपुर गाउँपालिक-९ खैरेनीमा त्रिवेणीबाट बर्दघाटतर्फ जाँदै गरेको लु १ ख ३६६३ नम्बरको बसबाट खसेर स्थानीय ३४ वर्षीय जगदीश थारुको मृत्यु भएको हो।
शनिबार बसमा चढ्ने क्रममा उनी बसबाट खसेर गम्भीर घाइते भएका थिए। स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागि उनलाई भैरहवा मेडिकल कलेज रुपन्देही लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ कार्तिक २०८१, ११ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु