काठमाडौं । नेकपा एमालेले १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका उम्मेदवार टुंग्याएको छ । महासचिव शंकर पोखरेलसमेत उपस्थित काठमाडौं जिल्ला कमिटीको बैठकले कीर्तिपुर नगरपालिकाको मेयरसहित उपनिर्वाचन हुने वडाध्यक्षका उम्मेदवारहरु निर्विरोध टुंग्याएको हो ।
नगर कमिटीकै निर्णयलाई सदर गर्दै बैठकले कीर्तिपुर नगरपालिकाको मेयर पदमा केन्द्रीय सदस्य डा.सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बैठकले कीर्तिपुर–१ को वडाध्यक्षमा हर्ष महर्जन र ४ को वडाध्यक्षमा बद्री बुढाथोकीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
काठमाडौं महानगरपालिका–१६ को वडाध्यक्षमा लक्ष्मीरत्न तुलाधरलाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ कार्तिक २०८१, १५ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गणेश नेपाली मृत्यु प्रकरणमा एमालेले खोज्यो सरकारको जबाफदेहिता
सभामुखलाई एमालेको प्रश्न- प्रतिनिधिसभा नियमावली प्रतिपक्षको लागि मात्रै बनाइएको हो ?
एमाले कार्यदलको बैठक बस्दै
प्रधानमन्त्रीलाई संसद्को रोष्ट्रममा उभ्याउन रुलिङ गरियोस् : एमाले
एमाले अध्यक्ष ओलीमा अझै पलाउन नसकेको चेत !
‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छ : एमाले