काठमाडौं । नेकपा एमालेले १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका उम्मेदवार टुंग्याएको छ । महासचिव शंकर पोखरेलसमेत उपस्थित काठमाडौं जिल्ला कमिटीको बैठकले कीर्तिपुर नगरपालिकाको मेयरसहित उपनिर्वाचन हुने वडाध्यक्षका उम्मेदवारहरु निर्विरोध टुंग्याएको हो ।
नगर कमिटीकै निर्णयलाई सदर गर्दै बैठकले कीर्तिपुर नगरपालिकाको मेयर पदमा केन्द्रीय सदस्य डा.सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बैठकले कीर्तिपुर–१ को वडाध्यक्षमा हर्ष महर्जन र ४ को वडाध्यक्षमा बद्री बुढाथोकीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
काठमाडौं महानगरपालिका–१६ को वडाध्यक्षमा लक्ष्मीरत्न तुलाधरलाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ कार्तिक २०८१, १५ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा चुनावमा गठबन्धन गर्नुपर्ने दबाबमा एमाले
एमालेका पूर्व सांसद वासुदेव घिमिरेले छाडे पार्टी
एमाले बैठकले ओलीलाई दियो समानुपातिकको बन्द सूची टुंग्याउने जिम्मा
एमाले सचिवालय बैठकको समय सर्यो
एमाले सचिवालय बैठक आज, समानुपातिक उम्मेदवार र कार्यविभाजनबारे छलफल
एमालेले बोलायो सचिवालय बैठक