काठमाडौं। उर्जा जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्का र भारतका जल शक्तिमन्त्री सीआर पाटिलबीच भेटवार्ता भएको छ ।
भारतको नयाँदिल्लीस्थित जल शक्ति मन्त्रालयमा आज भएको दुई मन्त्रीबीचको भेटमा पञ्चेश्वर आयोजनालाई अगाडि बढाउने र बाढी नियन्त्रण, विकास र क्षमता अभिवृद्धिलगायत विविध पक्षमा छलफल भएको थियो ।
भेटमा उर्जामन्त्री खड्काले नेपाल र भारतबीच बाढी तथा विपद् व्यवस्थापनसम्बन्धी संयुक्त समितिको बैठक चाँडो बोलाउनुका साथै पञ्चेश्वर आयोजनाको डीपीआरलाई चाँडो अन्तिम रुप दिन भारतलाई अनुरोध गरेका थिए ।
उर्जामन्त्री खड्काले टनकपुरदेखि नेपाल भारत सीमासम्म नहर निर्माण सम्पन्न भएकोमा भारत सरकारलाई धन्यवाद दिए ।
भेटमा भारतका जल शक्तिमन्त्री पाटिलले पञ्चेश्वर आयोजनाको डीपीआरलाई चाँडो अन्तिम रुप दिन र उक्त आयोजनालाई चाँडो अगाडि बढाउन भारत सरकार सकारात्मक रहेको बताएका मन्त्रीको भनाइ उद्धृत गर्दै भेटमा सहभागी उर्जा मन्त्रालयका वरिष्ठ उर्जा विज्ञ प्रबल अधिकारीले जानकारी दिए ।
भारतीय मन्त्रीसँगको भेटमा नेपालका उर्जामन्त्री खड्कासँगै नेपाली प्रतिनिधिमण्डल तथा नयाँदिल्लीस्थित नेपाली राजदूतावासका प्रतिनिधिको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० कार्तिक २०८१, १४ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दीपक खड्कालाई थप सात दिन हिरासतमा राख्न अनुमति
कांग्रेस नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ
मनोनयन प्रक्रियामा सहभागी हुन दीपक खड्काको आग्रह
दीपक खड्काले स्काउटको जग्गामा बनाएका संरचनामा महानगरले चलायो डोजर
जग्गा खाली गर्न दीपक खड्कालाई नेपाल स्काउटको ७ दिने अल्टिमेटम, नहटाए सबै सामान जफत गरिने
सुटुक्क विदेश भागेका भनिएका पूर्व उर्जामन्त्री आफ्नै निवासमा देखिए