काठमाडौं। काठमाडौंको बौद्धमा जुवा तास खेलिरहेको अवस्थामा २० जना पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका- ६ बौद्ध रामहिटीस्थित रामनगर पार्टी प्यालेस नजिकै सूर्य भन्ने रामबहादुर सुनारको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार प्रहरीले उनीहरूको साथबाट ६ लाख ६९ हजार ८१० नगद बरामद गरेको छ।प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ कार्तिक २०८१, १४ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ