काठमाडौं। काठमाडौंको बौद्धमा जुवा तास खेलिरहेको अवस्थामा २० जना पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका- ६ बौद्ध रामहिटीस्थित रामनगर पार्टी प्यालेस नजिकै सूर्य भन्ने रामबहादुर सुनारको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार प्रहरीले उनीहरूको साथबाट ६ लाख ६९ हजार ८१० नगद बरामद गरेको छ।प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ कार्तिक २०८१, १४ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा छ जना पक्राउ
अपहरणपछि युवकमाथि अमानवीय यातना, नग्न बनाएर भिडियो बनाएको आरोपमा श्रम मन्त्रीका चालक पक्राउ
साढे एक किलो चाँदीसहित भक्तपुरबाट एक जना पक्राउ
शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्मा पक्राउ
भैरवी गाउँपालिकाकी अध्यक्ष शाही पक्राउ