राजविराज । श्रम, राेजगार तथा समाजिक सुरक्षा मन्त्री रामजी यादवको चालक मुस्तकिम आलम मियाँ हिजाे बेलुकी राजबिराजबाट पक्राउ परेको छ ।
सप्तरी प्रहरीले अपहरण, शरीर बन्धक तथा अपमानजनक व्यवहारसम्बन्धी गम्भीर घटनामा संलग्न रहेको आरोपमा आलमलाइ पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका–१ घर भई हाल राजविराज नगरपालिका–३ बस्ने २७ वर्षीय मुस्तकिम मियाँ रहेका छन्। मियाँ हाल श्रम मन्त्री यादवकाे निजी सचिवालय नियुक्त रहेका प्रमाण फेला परेकाे छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी डम्बर बहादुर पुरीले पीडितको जाहेरीपछि अनुसन्धान अघि बढाइएको हो। जाहेरीमा मुस्तकिम मियाँसहितका व्यक्तिहरूले पीडितलाई जबर्जस्ती अपहरण गरी एकान्त स्थानमा लगेर शरीर बन्धक बनाएको उल्लेख छ।
प्रहरीका अनुसार आरोपितहरूले पीडितमाथि निर्घात कुटपिट गर्नुका साथै जबर्जस्ती सम्पूर्ण कपडा खोलाएर नग्न बनाएको र सो अवस्थाको भिडियोसमेत बनाएको आरोप लागेको छ। घटनाले मानव अधिकार र कानुनी शासनमाथि गम्भीर प्रश्न उठाएको भन्दै स्थानीयस्तरमा आक्रोश बढेको छ।
फरार रहेका आरोपितहरूको खोजी गर्ने क्रममा प्रहरी टोलीले मुस्तकिम मियाँलाई राजविराज नगरपालिका–८ क्षेत्रबाट पक्राउ गरेको जनाएको छ। सप्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य तीव्र बनाइएको र दोषीमाथि कानुन अनुसार कडा कारबाही गरिने जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ बैशाख २०८३, १२ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विदेश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा छ जना पक्राउ
साढे एक किलो चाँदीसहित भक्तपुरबाट एक जना पक्राउ
शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्मा पक्राउ
भैरवी गाउँपालिकाकी अध्यक्ष शाही पक्राउ
हत्या अभियोगमा तीन युवक पक्राउ
लागु औषधसहित दुई जना पक्राउ