रामेछाप। रामेछापको मन्थली नगरपालिका–१ का ३० वर्षीय वीरबहादुर भुजेल तामाकोशी नदीमा बेपत्ता भएको घटनामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। भुजेल शुक्रबार रातिदेखि बेपत्ता छन् । प्रहरीले तामाकोशी नदीमा उनको खोजतालास गरिरहेको छ ।
भुजेललाई बेपत्ता पारेको अभियोगमा मन्थली–१ का २७ वर्षीय मीनबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ । भुजेल बेपत्ता भएको साँझ विक उनको साथमा रहेका कारण घटनाको अनुसन्धान गर्न विकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए ।
शुक्रबार भुजेल र विकबीच झगडा भएको स्थानीयले बताएका छन् । विकसँग बयान लिने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ कार्तिक २०८१, १३ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागुऔषधसहित सात जना पक्राउ
हत्याको अभियोगमा एक जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
वरिष्ठ डिभिजनल वन अधिकृत भट्ट पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
जेन जेड आन्दोलनका क्रममा फरार रहेका दुई जना पक्राउ