रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राजनीतिक सल्लाहकारमा बर्दियाको गुलरिया नगरपालिका-४ का लक्ष्मणराज ज्ञवाली नियुक्त गरेका छन् ।नेकपा (एमाले) बर्दिया इन्चार्जसमेत रहेका ज्ञवालीलाई आचार्यले राजनीतिक सल्लाहकार बनाएका हुन् ।
स्नातकसम्म अध्ययन गरेका ज्ञवाली यसअघि पशुपति विकास समितिको सदस्य, गुठी संस्थानको अध्यक्ष र मितेरी साहित्यिक पत्रिकाको सम्पादकलगायत विभित्र सामाजिक संघ-संस्थामा काम गरिसकेका छन् । पञ्चायतकालमा भूमिगत जीवन बिताएका ज्ञवालीले ८ वर्ष जेल जीवन बिताएका थिए ।
अनेरास्ववियूको केन्द्रीय सदस्य हुँदै राष्ट्रिय युवा संघको राजनीति गरेका ज्ञवालीले किसान र भूमि आन्दोलनलाई उचाईमा पुर्याउन योगदान रहेको छ । लुम्बिनी प्रदेशलाई सबै हिसावले सफल बनाउने गरी प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने ज्ञवालीले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ कार्तिक २०८१, १३ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्ता छन् लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका दुई निर्णय
लुम्बिनी प्रदेशमा प्रधानमन्त्रीले गरिन् निर्वाचन तयारीबारे छलफल
लुम्बिनी प्रदेशमा झण्डै १३ हजार छाडा चौपाया : सर्वेक्षण
लुम्बिनी प्रदेश प्रमुखद्वारा सातौँ अधिवेशन आह्वान
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ