रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राजनीतिक सल्लाहकारमा बर्दियाको गुलरिया नगरपालिका-४ का लक्ष्मणराज ज्ञवाली नियुक्त गरेका छन् ।नेकपा (एमाले) बर्दिया इन्चार्जसमेत रहेका ज्ञवालीलाई आचार्यले राजनीतिक सल्लाहकार बनाएका हुन् ।
स्नातकसम्म अध्ययन गरेका ज्ञवाली यसअघि पशुपति विकास समितिको सदस्य, गुठी संस्थानको अध्यक्ष र मितेरी साहित्यिक पत्रिकाको सम्पादकलगायत विभित्र सामाजिक संघ-संस्थामा काम गरिसकेका छन् । पञ्चायतकालमा भूमिगत जीवन बिताएका ज्ञवालीले ८ वर्ष जेल जीवन बिताएका थिए ।
अनेरास्ववियूको केन्द्रीय सदस्य हुँदै राष्ट्रिय युवा संघको राजनीति गरेका ज्ञवालीले किसान र भूमि आन्दोलनलाई उचाईमा पुर्याउन योगदान रहेको छ । लुम्बिनी प्रदेशलाई सबै हिसावले सफल बनाउने गरी प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने ज्ञवालीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ कार्तिक २०८१, १३ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेशमा झण्डै १३ हजार छाडा चौपाया : सर्वेक्षण
लुम्बिनी प्रदेश प्रमुखद्वारा सातौँ अधिवेशन आह्वान
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ
जसपाद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
लुम्बिनीमा ११ महिनामा ५९ प्रतिशत मात्रै विकास बजेट खर्च