काठमाडाैँ । नेपाल प्रहरीले अवैध लागु औषधसहित ४ जनालाई पक्राउ गरेको छ ।
कैलालीको टिकापुर नगरपालिका–२ विजयनगर बस्ने वर्ष २३ को मखन चौधरीलाई शङ्का लागि चेकजाँच गर्दा गोजीमा लुकाई-छिपाई राखेको शुद्ध तौल ५० मिलिग्राम लागु औषध (खैरो हेरोइन) र निजको घरमा गई चेकजाँच गर्दा ४३ ग्राम लागु औषध पक्राउ गरेको हो ।
त्यस्तै इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिगएको प्रहरी टोलीले कैलालीको गोदावरी नगरपालिका बस्ने वर्ष २१ का नीराजन शाहको साथबाट १ ग्राम २३० मिलिग्राम लागु औषधसहित पक्राउ गरेको छ ।
यता धनगढीबाट बैतडी जान लागेका डोटीका अन्दाजी २४ वर्षीय दीपक विष्ट र गोबिन्द विष्टलाई अस्थायी प्रहरी पोस्ट खानिडाडाबाट खटिगएको प्रहरी टोलीले चेकजाँच गर्दा ४७ ग्राम ७० मिलिग्राम लागु औषध फेला परेपछि उनीहरूलाई पनि नियन्त्रणमा लिइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ कार्तिक २०८१, १० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागु औषधसहित २१ जना पक्राउ
लागु औषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ
युवकको मलद्वारमा फेला पर्यो ब्राउन सुगर
लागु औषधसहित एक युवक पक्राउ
लागु औषधसहित दुई पक्राउ
भारतबाट ई-रिक्सामा लागु औषध ल्याउँदै गरेका चालक पक्राउ