काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक (नेप्से)मा २५.८८ अंकको वृद्धि देखिएको छ । आइतबार र सोमबार उच्च अंकले घटेको बजार आज दोहोरो अंकले बढेको हो ।
यसैगरी मंगलबार परिसूचकमा तीव्र उतारचढाव देखियो । २६४० बिन्दुबाट सुरु भएको बजार केही क्षणमै २६६९ बिन्दुमा उक्लिएको थियो । त्यसपछि पनि तीव्र उतारचढाव देखिएको बजार अन्ततः २६६५.८१ बिन्दुमा पुगेर रोकिएको छ ।
परिसूचकमा वृद्धि भए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । आज कुल १ करोड ९ लाख ६२ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब १७ करोड १६ लाख रुपैयाँको कारोबार भएको छ । सोमबार ५ अर्ब ९० करोडको कारोबार भएको थियो ।
मंगलबार १९९ कम्पनीको सेयर मूल्य बढेको छ । ४० कम्पनीको घट्दा ५ कम्पनीको स्थिर रह्यो । आज नेप्सेका सबै उपसमूहको सूचक बढेको छ । सबैभन्दा धेरै फाइनान्स उपसमूह ३ प्रतिशले बढ्यो । त्यसैगरी उत्पादन तथा प्रशोधन उपसमूहको सूचक २.१४ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ कार्तिक २०८१, १५ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यो साता २.२ प्रतिशतले घट्यो सेयर बजार
सेयर बजार २७१९ अंकमा झर्यो
१९.८९ अङ्कले घट्यो सेयर बजार, ४ अर्ब ४३ करोडको कारोबार
सेयर बजारमा दोहोरो अंकको वृद्धि
सेयर बजारका सबै सूचक घटे
सेयर बजार घट्यो, ८ अर्ब ९ करोडको कारोबार