पोखरा । सहकारी काण्डमा आफ्ना सभापति रवि लामिछानेलाई पक्राउ गरेयता पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दैनिक विरोध प्रदर्शन गरिरहेको छ। यस क्रममा झडपसमेत भइरहेका छन्।
यसैबीच रास्वपाले आज पनि पोखरामा विरोध प्रदर्शन गरिने जानकारी गराएको छ।
पार्टीका उपसपभाति डोलप्रसाद (डीपी) अर्यालले आज कात्तिक ६ गते मंगलबार दिउँसो १:३० बजे पोखराको जिरो किमि भन्ने स्थानमा ‘राजनीतिक प्रतिशोधविरुद्धको ऐक्यबद्धताका लागि’ कार्यक्रम गरिने जानकारी दिएका हुन्।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरण अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वगृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछानेलाई यही कात्तिक ३ गते काठमाडौँबाट पक्राउ गरी पोखरा लगेको हो। हाल उनलाई जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा राखिएको छ।
पोखरामा अनुसन्धान सकेपछि बुटवलको सुप्रिम सहकारी ठगीमा पनि अनुसन्धान गर्न उनलाई बुटवल लगिने प्रहरी प्रधान कार्यालय उच्च स्रोतले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ कार्तिक २०८१, ०९ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेड अगुवा पुरुषोत्तम यादवले दिए रास्वपा समानुपातिक उम्मेदवारका लागि आवेदन
रास्वपाको समानुपातिक उम्मेदवार बन्न आवेदन दिएकाहरूको नामावली सार्वजनिक
जेनजी अभियन्ता यादव रास्वपाको राजनीतिमा, समानुपातिक उम्मेदवार बनाउने तयारी
यी हुन् रास्वपा समानुपातिकतर्फ मधेश प्रदेशका प्रारम्भिक उम्मेदवार (सूचीसहित)
रास्वपाको समानुपातिक सांसद बन्ने होड : आवेदन दिएका सातै प्रदेशका उम्मेदवारको सूची प्रकाशित
रास्वपाले समानुपातिक उम्मेदवारीको म्याद पुस ५ सम्म थप्यो