पोखरा । सहकारी काण्डमा आफ्ना सभापति रवि लामिछानेलाई पक्राउ गरेयता पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दैनिक विरोध प्रदर्शन गरिरहेको छ। यस क्रममा झडपसमेत भइरहेका छन्।
यसैबीच रास्वपाले आज पनि पोखरामा विरोध प्रदर्शन गरिने जानकारी गराएको छ।
पार्टीका उपसपभाति डोलप्रसाद (डीपी) अर्यालले आज कात्तिक ६ गते मंगलबार दिउँसो १:३० बजे पोखराको जिरो किमि भन्ने स्थानमा ‘राजनीतिक प्रतिशोधविरुद्धको ऐक्यबद्धताका लागि’ कार्यक्रम गरिने जानकारी दिएका हुन्।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरण अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वगृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछानेलाई यही कात्तिक ३ गते काठमाडौँबाट पक्राउ गरी पोखरा लगेको हो। हाल उनलाई जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा राखिएको छ।
पोखरामा अनुसन्धान सकेपछि बुटवलको सुप्रिम सहकारी ठगीमा पनि अनुसन्धान गर्न उनलाई बुटवल लगिने प्रहरी प्रधान कार्यालय उच्च स्रोतले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ कार्तिक २०८१, ०९ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निजामतीभित्रका कुनै पनि समूह र अभियानसँग हाम्रो सम्बन्ध छैन : रास्वपा
बालेन साह रास्वपा संसदीय दलको नेतामा सर्वसम्मत चयन
रास्वपा केन्द्रीय समिति बैठक आज बस्दै, संसदीय दलको नेता छान्ने
रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक
संसदीय दलको नेता सर्वसम्मत चयन गर्ने रास्वपाको तयारी
रास्वपा शीर्ष नेतृत्वबीच सरकार गठन र रणनीतिबारे छलफल